काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय १७ रनको सामान्य विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी १९।१ ओभरमा १ सय १६ रनमा अल आउट भयो ।
आर्मीका कप्तान विनोद भण्डारीले १७ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २९ रन बनाए । हरि चौहानले २१ बलमा ३ चौकासहित २० रन बनाए । अन्य कुनैपनि ब्याटरले रन बनाउन सकेनन् । आर्मी सोनु तामाङ क्रिजमा नआई रिटायर्ट हर्ट भएका थिए ।
ओपनर सोमपाल कामी १५ बलमा ९ रन, रोहित कुमार पौडेल र कुशल मल्ल १०–१० रन बनाए । तल्लोक्रमका राजेश पुलामी मगर २, विक्रम सोब १, सुशान भारी ८, साहव आलम ९ र जितेन्द्र मुखियाले ८ रन बनाए ।
सुदूरपश्चिमका प्रकाश जैशीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अनुज चनाराले ३।१ ओभरमा १ मेडन सहित २२ रन खर्चेर २ विकेट लिए । दीनेश अधिकारी, रविन्द्रजंश शाही र राज शाहले १–१ विकेट लिए ।
प्रकाशित मितिः २०७८ पुस २६ सोमबार
Comments