काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले श्रीलंकासँग भिडिरहेको नेपालले ३ सय २३ रनको लक्ष्य पाएको छ।
पहिला ब्याटिङ गरेको श्रीलंकाले दुई जना ब्याट्सम्यानको सतकीय योगदानमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रन जोड्यो। श्रीलंकाका सदिसा राजापाक्ष्याले एक सय ३१ र चामिन्दु विक्रमासिंघे १ सय ११ रन बनाए। उनीहरुबीच दोस्रो विकेटका लागि २ सय २३ रनको साझेदारी भएको थियो।
यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग एक सय ५४ रनको हार ब्यहोरेको थियो।
प्रकाशित मितिः २०७८ पुस ११ आइतबार
Comments