काठमाडौं । एटलसले ७० वर्षमा पहिलो पटक मेक्सिकोको शीर्ष डिभिजन लिगा एमएक्सको उपाधि जितेको छ ।
आईतबार भएको खेलमा लियोनलाई पेनाल्टीमा पराजित गर्दै एटलसले ७० वर्षपछि पहिलो उपाधि हात पारेको हो ।
एटलसले यस अघि सन् १९५०-१९५१ को सिजनको उपाधि जितेको थियो ।
एटलसले पेनाल्टी ४-३ ले जितेको थियो ।
फाइनल खेलको पहिलो लेग ३-२ ले जितेको लियोनका लागि उपाधि जित्न केवल बराबरीको आवश्यकता रहेको थियो ।
तर एटलसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
एटलसका लागि अल्डो रोचाले निर्धारित समयमा गोल गर्दै खेललाई समग्रमा ३-३ को बराबरीमा ल्याएका थिए ।
त्यसपछि विजेताको टुंगो पेनाल्टीबाट लगाइएको थियो ।
प्रकाशित मितिः २०७८ मंसिर २७ सोमबार
Comments