काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले नर्विच सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।युनाईटेडको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे ।
रोनाल्डोले खेलको ७५ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरेका थिए । युनाईटेडले १६ खेलमा २७ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । नर्विच १० अंक सहित तालिकाको पुछारमा छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २६ आइतबार
Comments