काठमाडौं । दोस्रो संस्करणको साफ यू-१९ महिला फुटबल च्याम्पियनसिप भोली शनिबारबाट बंगलादेशमा सुरु हुदैछ ।
नेपालले शनिबार नै आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध खेल्दैछ ।
यस अघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण यू-१८ टिमबीच भएको थियो ।
तर पनि नेपालका लागि बंगलादेशविरुद्धको खेल बदला लिने एक मौकाको रुपमा रहनेछ ।
किनभने पहिलो संस्करणमा बंगलादेशविरुद्ध पराजित भएपछि नै नेपालले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।
फाइनलमा नेपाललाई १-० ले पराजित गर्दै बंगालदेशले पहिलो संस्करणको उपाधि जितेको थियो ।
त्यतिमात्र नभएर बंगलादेशले नेपाललाई समूह चरणमा पनि २-१ ले पराजित गरेको थियो ।
उपाधिसँगै यस पटक नेपालको लक्ष्य पनि बंगलादेश र भारतलाई पराजित गर्नु रहेको छ ।
बंगलादेश प्रस्थान गर्नु अघि नै नेपाली टिमका कप्तान अन्जना राना मगरले टिमको मुख्य लक्ष्य उपाधिसँगै भारत र बंगलादेशलाई हराउनु रहेको बताएकी थिइन्
मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यस पटक उपाधि जितेर आउने बताएका थिए ।
राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।
आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।
राउन्ड रोविनको खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।
बंगलादेशपनि नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ ।
नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ ।
शीर्ष दुई टोलीबीचको फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।
प्रकाशित मितिः २०७८ मंसिर २३ बिहिबार
Comments