काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पोर्चुगिज च्याम्पियन स्पोर्टिङ लिस्बोन र पोर्टोलाई जरिवाना गरेको छ ।
फाइनान्सियल फेयर प्ले को नियम उलंघन गरेको भन्दै यूईएफएले लिस्बन र पोर्टोलाई जरिवाना गरेको हो। लिस्बनलाई २५०,००० युरो र पोर्टोलाई ३००,००० युरो जरिवाना तोकेको छ ।
यूईएफएले उनीहरुलाई बाँकी रकम २०२२ को जनवरी ३१ सम्म भुक्तानी गर्नु पर्ने जनाएको छ । उक्त अवधिमा रकम नबुझाए यूईएफएको प्रतियोगितामा प्रतिबन्ध पर्ने बताईएको छ ।
यस्तै अन्य ६ क्लबलाई समेत यूईएफले कारबाही गरेको छ । यूईएफले स्पेनको रियल बेटिस, काजकिस्तानको अस्टना, रोमानियाको क्लुज, बुल्गेरियाकोया सोफिया,गिब्राल्टरको मोन्स र पोर्चुगलको सान्टा क्लाराले फाइनान्सियल फेयर प्लेको नियम उलंघन गरेको बताईएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर १८ शनिबार
Comments