काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिना र ब्राजिल बराबरीमा रोकिएका छन् । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेका हुन् ।
अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले मौकाको सदुपयोग गर्न नसक्दा बराबरी खेल खेल्दै अंक बाढेर चित्त बुझाएका हुन् । बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ । शीर्ष स्थानको ब्राजिल यस अघि नै विश्वकपमा छनोट भईसकेको छ ।
अर्जेन्टिना १३ खेलमा २९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । ब्राजिलसँग गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०१ बुधबार
Comments