काठमाडौं । न्युजिल्यान्डका कप्तान केन विलियमसनले भारतविरुद्ध आसन्न तीन खेलको टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नखेल्ने भएका छन्।
न्युजिल्यान्डले भारत भ्रमण गर्दै छ। भ्रमणका क्रममा न्युजिल्यान्डले टेस्ट शृंखला पनि खेल्ने छ। टेस्ट शृंखलाका लागि भने विलियमसन उपलब्ध हुनेछन्। न्युजिल्यान्डले गत आइतबार भएको आईसिसी टीट्वेन्टी विश्वकपको फाइनलमा अस्ट्रेलियासँग हार ब्यहोरेको थियो।
न्युजिल्यान्ड टी २० विश्वकपको फाइनलमा पहिलोपटक पुगेको थियो। एकदिवशीय विश्वकपको पछिल्ला दुईवटा संस्करणमा न्युजिल्यान्ड फाइनल पुगेपनि त्यसको पनि उपाधि जित्न सकेको छैन।
न्युजिल्यान्ड टोली भारत आईपुगिसकेको छ। टी २० शृंखलामा न्युजिल्यान्डको कप्तानी टिम साउथीले गर्नेछन्। एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक ३० मंगलबार
Comments