काठमाडौं । विश्वकप युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टाेली क्रोएसियाले रुसमाथि १-० को कठिन जित हात पारेको छ ।
यो जितसँगै क्रोएसियाले अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्दा पराजित रसियाले भने प्ले अफ खेल्नु पर्ने भएको छ ।
पोलजुड स्टेडियममा खेलको ८१औं फेडोर कुद्रेसहोभले गरेको आत्मघाती गोल नै क्रोएसियालाई विश्वकपमा छनोट गराउन पर्याप्त बन्यो ।
यो जितसँगै क्रोएसिया १० खेलबाट २३ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा रहँदा समान खेलबाट २२ अंकका साथ रसिया दोस्रो स्थानमा रहेकाे छ ।
यही समूहका अन्य खेलमा स्लोभेनियाले साइप्रसलाई २-० ले पराजित गर्दा स्लोभाकियले माल्टामाथि ६-० को फराकिलो जित हात पार्याे । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक २९ सोमबार
Comments