काठमाडौं । सन् २०२२ मा हुने टी २० विश्वकपमा नेपालसँगै वेष्ट इन्डिज, श्रीलंका, स्कटल्याण्ड र नामिवियाले छनोट चरण खेल्नुपर्ने भएको छ । अष्ट्रेलियामा हुने सो विश्वकपमा घरेलु टिमसँगै पाकिस्तान, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश, इंग्ल्याण्डले सुपर १२ मा स्थान बनाएका छन् ।
पहिलो चरणमा नेपालसँगै वेष्ट इन्डिज, नामिविया, स्कटल्याण्डले छनोट चरणमा खेल्नुपर्ने भएको छ । छनोट चरणबाट चार टिमले सुपर १२ मा स्थान बनाउने छन् । छनोट चरण खेल्ने अरु चार टिमको टुंगो भने ग्लोबल छनोटबाट लाग्नेछ ।
ग्लोबल छनोट २०२२ को फेब्रेवरी र मे महिनामा हुनेछ । तर यो प्रतियोगिताको मिती र स्थान भने तोकिएको छैन । नेपालले विश्वकपमा स्थान बनाउन सिंगापुर, यूएई र जिम्बावे फेब्रेवरीमा छनोट प्रतियोगिता खेल्नेछ ।
प्रकाशित मितिः २०७८ कार्तिक २१ आइतबार
Comments