काठमाडौं । बंगलादेश भ्रमणमा अष्ट्रेलियाको कप्तानी विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले गर्ने भएका छन् ।
अष्ट्रेलिया क्रिकेटले सोमबार ३३ वर्षीय वेडले टिमको कप्तानी गर्ने जनाएको छ । कप्तान आरोन फिन्चले चोटको कारण भ्रमण गुमाउने भएपछि वेडले कप्तानी पाएका हुन् ।
फिन्चले वेस्ट इन्डिज भ्रमण दौरान घुँडाको चोट बोकेका थिए । अष्ट्रेलियाले बंगलादेशसँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
ढाकामा हुने सिरिज अगस्ट ३ मा सुरु हुनेछ । सन् २०१७ पछि अष्ट्रेलियाले पहिलो पटक बंगलादेश भ्रमण गर्न लागेको हो । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन १८ सोमबार
Comments