काठमाडौं । पोर्चुगलका स्ट्राइकर आन्द्रे सिल्भा जर्मन क्लब आरबी लाइपजिगमा अनुबन्धित भएका छन् । बुन्डेसलिगा क्लब लाइपजिगले फरवार्ड सिल्भालाई अनुबन्ध गरिएको जनाएको छ ।
लाइपजिगले सिल्भालाई अर्को बुन्डेसलिगा क्लब फ्रान्कफर्टबाट अनुबन्ध गरेको हो । २५ वर्षीय फरवार्डले लाइपजिगसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
सिल्भा २०१९ मा इटालियन क्लब एसी मिलानबाट फ्रान्कफर्ट आएका थिए । गत सिजन उनले फ्रान्कफर्टका लागि ३२ खेलमा २८ गोल गरेका थिए ।
सिल्भा युरोकप खेल्ने पोर्चुगलको टिममा रहेका थिए । ३ खेलमा खेलेका उनले गोल भने गर्न सकेनन । पोर्चुगलका लागि उनले ४२ खेलमा १६ गोल गरिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २१ सोमबार
Comments