काठमाडौं । युरोकप फुटबलको तयारीस्वरूप भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले वेल्सलाई सहजै हराएको छ । खेलको २६औँ मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको वेल्समाथि फ्रान्स हावी भएको थियो ।
घरेलु मैदानमै भएको खेलमा फ्रान्सले वेल्सलाई ३-० अन्तरले पराजित गरेको हो । फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पे, एन्टोनियो ग्रीजम्यान र ओसुमान डेम्बेलेले एकर एक गोल गरे ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ २० बिहिबार
Comments