काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा एभर्टनले क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा खेलको ५६ औं मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ८६ औं मिनेटमा मिची बात्सुआईले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । बराबरीसँगै एभर्टनले २९ खेलमा ४७ अंक जोडेको छ । एभर्टन लिगको आठौं स्थानमा रहेको छ ।
क्रिस्टल ३० खेलमा ३८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा वेस्ट ह्यामले उल्भ्सलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र २४ मंगलवार
Comments