काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ८ सय र चाँदी २५ रुपैयाँले बढेको हो ।
शुक्रबार ८८ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार ८ सय रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ फागुन ०९ आाइतबार
Comments