काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन १ हजार र चाँदी ३० रुपैयाँले घटेको हो ।
बिहीबार ८९ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार १ हजारले घटेर ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ फागुन ७ शुक्रबार
Comments