भक्तपुर, २६ भदौ । आज पनि सुनको भाउ तोलामा ३ सय रुपैयाँ तथा चाँदी ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला ५७ हजार ५ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले घटेर ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
आज पनि घट्यो सुनचाँदीको मुल्य
0
Share.
Comments