काठमाडौं, १५ असार । राष्ट्रपति विद्या भण्डारीले लेखा परीक्षण विधि र प्रक्रियालाई समृद्ध र सदृढ बनाउँदै लैजानुुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले मुलुकमा सुशासन कायम गर्न महालेखा परीक्षकको कार्यालयले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगले कार्य सम्पादन गर्दै आएको पनि उल्लेख गरिन् ।
आज महालेखा परीक्षकको कार्यालयको ५९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक कारोबारको सवल र दूर्वल पक्षको विबेचना गरी अघि बढ्न महालेखा परीक्षकको कार्यालय सफल हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले मुलुकमा सुशासन कायम गर्न र वित्तीय व्यवस्थापनको कामलाई चुस्त बनाउन संविधानले दिएको अधिकारलाई अधिकतम उपयोग गरेर अघि बढन पनि महालेखा परीक्षकको कार्यालयलाई सुझाव दिइन् ।
राष्ट्रपति भण्डारीले दीगो विकास, स्वच्छ वातावरण, सार्वजनिक सेवा प्रवाहलाई ध्यानमा राखेर मात्रै लेखा परीक्षणको कामलाई विश्वसनीय बनाउन सकिने धारणा राखिन् ।
लेखा परीक्षण विधिलाई समृद्ध बनाउँ : राष्ट्रपति भण्डारी
0
Share.
Comments