काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दिनभर उतारचढावबीच ३.३४ अंकको सामान्य गिरावट हुँदा १८१८.३१ अंकमा बन्द भएको छ ।
आज सेन्सेटिभ इन्डेक्ससमेत ०.५७ अङ्कले घट्दै ३४९.०१ अङ्कको विन्दुमा झरेको छ । डेभलपमेन्ट बैंक, फाइनान्स, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् । ३ अङ्कले घटेको बजारमा आज ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरूले ९.८८ प्रतिशतले कमाएका छन् भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लगानीकर्ताहरूले ६.४५ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मितिः २०८० जेठ ०१ सोमबार
Comments