काठमाडौं । आज देशका ७ सय ५३ वटै स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दैछन् ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आजसम्ममा सार्वजनिक गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।
कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट बनाएका छन् ।
१५ जेठमा संघीय सरकारले ल्याएको बजेटबाट गएको चार प्रकारको अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेशले १ असारमा ल्याएको बजेटपछि प्राप्त भएको अनुदान जोडेर स्थानीय तहले बजेट निर्माण गर्नुपर्छ ।
प्रकाशित मितिः २०७९ असार १० शुक्रबार
Comments