ब्रेन्टफोर्डलाई हराएपछि न्युकासललाई राहत

0

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत न्युक्यासल युनाइटेडले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई १–० गोलले पराजित गरेको हो । न्युक्यासललाई जित दिलाउन एकमात्र निर्णायक गोल कालुम विल्सनले गरे ।

उनले खेलको ६४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । यो नतिजासँगै न्युक्याल ५ खेलबाट ६ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने समान खेलबाट समान अंकका साथ ब्रेन्टफोर्ड १० औं स्थानमा छ ।

प्रकाशित मितिः २०८० भदौ ३१ आइतबार

Comments

comments

Share.
Loading...

Comments