एजेन्सी, १ वैशाख । अमेरिकाले अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । जीबियू ४३ नाम दिइएको यो बमलाई मदर अफ अल बम्सको उपमा दिइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तस्थित विद्रोही समुह आइएसको क्षेत्रमा खसालेको बिबीसीले जनाएको छ । बम आक्रमणपछि क्षतिको विवरण भने बाहिर आएको छैन ।
सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोग भने गरिएको थिइएन । यो बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिट भन्दा धेरै भएको खबरमा उल्लेख छ ।
गएको हप्ता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएपछि यस्तो बम खसालिएको हो ।
अमेरिकाले अफगानिस्तानमा नन न्युक्लियर बम खसाल्यो
0
Share.
Comments