एजेन्सी, ७ चैत्र । बार्सिलोनाले स्पेनिस ला लिगा लिडर रियल मड्रिडसँगको अंक दूरी दुईमा झारेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भ्यालेन्सियामाथि ४–२ को प्रभावशाली जित निकाल्यो ।
घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज र आन्द्रे गोमेजले एक एक गोल गरे ।भ्यालेन्सियाका लागि एलियाक्विम मंगला र मुनिर एल–हाड्डाडीले एक एक गोल गरे ।
जितपछि दोस्रो स्थानको बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ६५ अंक छ । २८ खेलबाट ३० अंक जोडेको भ्यालेन्सिया भने चौधौं स्थानमा छ ।
बार्सिलोनाले रियल मड्रिडसँगको अंक दूरी घटायो
0
Share.
Comments