काठमाडौं, ८ फागुन । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ । गत शुक्रबार तोलाको ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घटेर ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने आज स्थिर छ । गत शुक्रबार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज सुन एक सयले सस्तियो
0
Share.
Comments