भक्तपुर । सुत्दा अप्ठ्यारो हुँदा मानिसहरु घुर्ने गर्छन् । कहिलेकाँही घुर्नु सामान्य हो । तर धेरै मानिसहरु प्राय घुर्ने गर्छन् । धेरै घुर्नु स्वास्थ्यको लागी राम्रो मानिदैन । घुर्ने समस्याले गर्दा अरु मानिसलाई पनि सुत्न गाह्रो हने गर्छ । त्यसैले घुर्ने बानीले धेरै मानिसहरु चिन्तित हुने गर्छन् । यस समस्याबाट कसरी मुक्त हुने भन्ने उपायहरु उनीहरु खोज्ने गर्छन् ।
घुर्ने समस्याबाट मुक्त हुन यस्ता उपायहरु अपनाउनुहोस्
१, हल्का तातो गरेको मख्खन नौनी दुई थोपा नाकमा हाल्ने । सधैँ सुन्तुभन्दा अगाडि र उठे पश्चिात यो प्रक्रिया अपनाउँदा फाइदा हुन्छ ।
२, एक गिलास तातो पानीमा आधा चम्चा इलाइची पाउडर हालेर राति सुत्नुभन्दा अगाडि पिउदा घुर्ने समस्याबाट बिस्तारै मुक्त हुन सकिन्छ ।
३, दूधमा बेसार मिलाएर दैनिक रुपमा पिउने गर्दा पनि घुर्ने समस्यालाई निको पार्न सकिने आयुर्वेद चिकित्सकहरूको सल्लाह छ ।
प्रकाशित मितिः २०७५ असोज २५ गते बिहिबार
Comments