भक्तपुर । हाम्रो लागी स्याउ कुनै नयाँ फल हैन । स्याउ हामी प्राय खाइरहने गर्छौं । तर स्याउ खाँदा हामी यसको बोक्रा फाल्ने गर्छौं । यसो गर्नु गलत हो । स्याउको बोक्रा पनि हाम्रो स्वास्थ्यको लागी निकै महत्वपूर्ण हुन्छ । यसमा पनि विभिन्न खालका पौष्टिक तत्वहारु पाइन्छन् । त्यसैले हामीले स्याउ खाँदा नतासी खाने गर्नुपर्छ । बोक्रासहित स्याउ खाँदा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुग्छन् ।
यसले पुर्याउने फाइदाहरु यस्ता छन्
१, दिमाग तेजिलो हुन्छ : बोक्रा सहितको स्याउ खाने गरेमा हाम्रो मष्तिस्कको सेल स्वास्थ्य रहने गर्छन् । यसले गर्दा हाम्रो दिमागलाई तेज हुन मद्धत पुग्छ ।
२, मोतियाविन्दु : बोक्रासहितको स्याउले हामीलाई आँखा सम्बन्धि रोगहरुबाट टाढा राख्न मद्धत गर्छ । त्यसैले मोतियाविन्दुको समस्या भएका मानिसहरुको लागी यो निकै लाभदायक छ ।
३, पित्तथैलीको पत्थरी : छिल्लासहितको फाइबरयुक्त स्याउको सेवनले पित्तथैलीमा जमेर बसेको कोलेस्टेरोललाई बाहिर निकाल्न मद्दत गर्छ, जसले गर्दा पित्तथैलीमा पत्थरी हुन पाउँदैन ।
४, दाँतको सडन : स्याउको सेवनबाट हामी दाँत पहेलो हुने समस्याबाट टाढा रहन सक्छौं । यसले गर्दा हाम्रो दाँत सड्न पाउदैन । यसले क्याभिटी हुनबाट बचाउने भएकाले यो दाँतको लागी निकै उपयोगी छ ।
५, क्यान्सर स् फाइबर, क्याल्सियम, एन्टि(अक्सिडेन्ट तथा प्लेबिनाइड तथा फाइटोकेमिकल्सले युक्त स्याउको छिल्काले मोटोपना कम गर्नुको साथै कलेजो, स्तन र आन्द्राको क्यान्सरबाट बचाउँछ । अमेरिकन इन्स्टीच्युट अफ क्यान्सरको अध्ययनअनुसार दैनिक एउटा स्याउको सेवनले स्तन क्यान्सरको सम्भावनालाई २३ प्रतिशतसम्म रोक्न सकिन्छ ।
प्रकाशित मितिः २०७५ असोज २२ शोमबार
Comments