काठमाडौं । राष्ट्रपति ओमार अल(बशीरलाई पदच्युत गर्ने सैनिक ‘कू’ को नेतृत्व गरेका सुडानको सैन्य परिषद्का प्रमुखले पद छाडेका छन्। रक्षामन्त्री अवाद इब्न औफले सरकारी टेलिभिजनमार्फत् आफ्नो निर्णय घोषणा गरेका हुन्।
उनले लेफ्टिनेन्ट जेनरल अब्देल फतह अब्देलरहमान बुर्हानलाई आफ्ना उत्तराधिकारी बनाएका छन्। सत्ता हत्याएकाहरू बशीरसँग निकै निकट रहेको भन्दै प्रदर्शनकारीहरूले सडकबाट नहट्ने बताएपछि पछिल्लो घोषणा आएको हो। बीबीसी
प्रकाशित मितिः२०७५ चैत ३० शनिबार
Comments