काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफूलाई हिन्दु धर्मबारे नसिकाउन प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् । महाराष्ट्रको नागपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गान्धीले मोदीले हिन्दूत्वको गलत व्याख्या गर्न लागेको गम्भीर आरोपसमेत लगाए ।
उनले लालकृष्ण आडवाणीलाई भाजपाको गुरु संज्ञा दिंदै उनको अपमान गर्ने मोदीले हिन्दूत्वको विषयमा भारतीय कांग्रेसलाई सिकाउन जरुरी नभएको बताए । उनले भने ‘प्रधानमन्त्री मोदी हामीलाई हिन्दू धर्मको विषयमा नसिकाऊ, आफ्ना गुरु आडवाणीलाई पार्टीबाट बाहिर पठाउने मोदीले हिन्दू धर्म मान्नेले यस्तो गर्न सक्दैन्। हिन्दू धर्ममा गुरुको सम्मान उच्च हुन्छ।’
यस्तै गान्धीले पछिल्लो समय भारतमा चर्चामा रहेको राफेल घोटाला काण्डका विषयमा पनि चर्चा गर्दै यदी कांग्रेसको सरकार बने तत्काल त्यस विषयमा जाँच हुने पनि बताए । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत २२ शुक्रबार
Comments