काठमाडौँ । न्युजिल्यान्ड सरकारले स्वचालित तथा अर्ध–स्वचालित सबै प्रकारका हतियार तथा राइफल राख्न प्रतिबन्ध लगाएको छ । हालै मात्र मस्जिदमा प्रार्थनाका लागि भेला भएका करिव ५० जनाको सामूहिक हत्या भएपछि सरकारले उक्त निर्णय घोषणा गरेको हो ।
न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले घातक राइफल र अर्ध–स्वचालित हातहतियारको प्रयोगमा तत्काल लागू हुने गरी बन्देज लगाइएको जनाउँदै उनले आफुहरुको इतिहास र कानुन सदाका लागि परिवर्तन भएको बताएकी छन् ।
क्राइस्टचर्चका दुई मस्जिदमा शुत्रबार एक अस्ट्रेलियाली नागरिकले गरेको आक्रमणपछि न्युजिल्यान्डमा बन्दुकसम्बन्धी कानुनमा कडाइ गर्नुपर्ने आवाज उठेको थियो । २८ वर्षीय ब्रेन्टन हृयारिस टारन्टले आक्रमणमा अर्धस्वचालित सैनिक एसल्ट हतियारको प्रयोग गरेका थिए । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत ९ शनिबार
Comments