काठमाडौं । भारतमा सन् २०१५ देखि २०१८ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षको अवधिमा ४९ हजार ७९० जनाको मृत्यु भएको भारतीय रेलसेवा कार्यालयले मंगलबार जानकारी गराएको हो ।
भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको मृत्यु भएको थियो । रेलमार्गको नजिकैबाट भारतीय हिन्दूहरुको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरुको मृत्यु भएको बताइएको थियो ।
भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौँ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको भए पनि यसरी हुने मृत्युको दरमा भने कुनै कमी आएको छैन । एजेन्सी
प्रकाशित मितिः २०७५ कार्तिक ७ बुधबार
Comments