काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पक्राउ गरिएको छ । उनलाई राज्यको लगानी कोषको ठूलो रकम अनियमितता गरेको आरोपमा पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । नाजिब र उनका सहकर्मीहरुले राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो ।
नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउँदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले गत मे महिनामा भएको निर्वाचनमा जीत हासिल गरेको थियो । उनको गठबन्धनले नै अहिले सरकार बनाएको छ । विगतमा रजाककै संरक्षक रहेका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए । हिजो पक्राउ परेका पूर्वप्रधानमन्त्री नाजिबलाई नयाँ सरकार बनेको केही समयमै अनियमितता सम्बन्धी सात वटा आरोप लगाइएको थियो । पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने भएको छ ।
प्रकाशित मितिः २०७५ असोज बिहिबार
Comments