काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी बाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । तीन पटक भारतका प्रधानमन्त्री बनेका बाजपेयीको ९३ वर्षको उमेरमा बिहिबार अपरान्ह निधन भएको थियो ।बाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो ।
श्रदाञ्जलीका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ । शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ । बाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने बीबीसीले जनाएको छ । उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको छ ।
प्रकाशित मितिः २०७५ भदौ १ सुक्रबार
Comments