५ बैशाख । पूर्व अमेरिकी प्रथम महिला बारबरा बुसको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेकी बुसको ९२ बर्षको उमेरमा हिजो निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उपचार गराउन अस्विकार गरेर घरमै आफन्तसँगै बस्न थालेको केही दिनपछि उनको अहिले निधन भएको हो ।
बारबराका पति जर्ज एचडब्लु बुस र छोरा जर्ज डब्लु बुस दुवै राष्ट्रपति बनेका थिए । पति र छोरा राष्ट्रपति हुनेमा श्रीमती बुस अमेरिकाको इतिहासमा दोश्रो महिला थिइन् । पहिलो चाहीँ आबिगेल आदम्स थिइन् जसको पति जोन आदम्स र छोरा जोन क्वीन्सी आदम्स राष्ट्रपति भएका थिए ।
रिपब्लिकन पार्टीमा उनी प्रभावशाली थिइन् । उनका ६ सन्तान जन्मेका थिए, जसमध्ये एक छोरीको बाल्यकालमै मृत्यु भएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पनि उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । (एजेन्सी)
पूर्व अमेरिकी प्रथम महिला बारबरा बुसको निधन
0
Share.
Comments