एजेन्सी, २ पुस । बेलायतका राजकुमार ह्यारी र मेगन मर्केलको बिहेको मिति निश्चित भएको छ । सन् २०१८ मे महिनाको १९ तारिखका दिन उनीहरूको औपचारिक विवाह हुने मिति तय भएको हो ।
केन्जीङ्टन राजदरबारको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ । वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सवै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो ।
उनीहरुले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै मनाउनेभएका छन् । विवाहपछि उनीहरु केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने भएका छन् । राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुन् ।
अमेरिकी चर्चित नायिका मेगन मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइँदै आएको छ।
राजकुमार ह्यारी र मेगनको बिहे मिति तोकियो
0
Share.
Comments