काठमाडौं । उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल परीक्षण गरेको दक्षिण कोरियाका एक अधिकारीले मंगलवार बताएका छन् । सन् २०२२ मा प्योङयाङले गरेको यो पाँचौं चरणको क्षेप्यास्त्र परीक्षण हो ।
‘हामीले परीक्षणको विस्तृत विश्लेषण गर्नुपर्नेछ,’ ती अधिकारीले दक्षिण कोरियाका समाचार संस्था योन्हापलाई बताए । ती अधिकारीले यसको विस्तृत विवरण दिएनन् र प्रक्षेपण कहाँबाट गरिएको हो पनि बताएनन् ।
उत्तरले दुईवटा ट्याक्टिकल गाइडेड क्षेप्यास्त्रहरू जनवरी १७ मा प्रहार गरेको थियो । रेलबाट दुई मिसाइल परीक्षण गरेको जम्मा तीन दिनपछि उसले यो क्षेप्यास्त्र परीक्षण गरेको हो ।
जनवरी ५ र ११ मा उत्तरले हाइपरसोनिक क्षेप्यास्त्रहरू पनि प्रहार गरेको दाबी गरेको थियो । तर यसको आधिकारिकता पुष्टि भएको छैन । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments