काठमाडौं । भारतमा २८ वटा हात्तीको कोरोना भाइरसको परीक्षण गरिएको छ । जनावरलाई पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरूको कोरोना परीक्षण गरिएको हो ।
दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरूले जनाएका छन् ।
परीक्षणका लागि निकालिएको उनीहरूको स्वाब उत्तर प्रदेशअन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ । परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।
यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिंहहरू बिरामी भएका थिए । त्यसपछि प्रदेशका वनमन्त्री रामचन्द्रले रिसोर्टमा रहेका सबै हात्तीको कोरोना परीक्षण गर्न निर्देशन दिए । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ २६ बुधबार
Comments