काठमाडौं । बेलायतमा पत्ता लागेको कोभिड–१९ को अत्यन्तै संक्रामक भेरिएन्टले रोगीहरूमा कडा रोग नलगाउने मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अध्ययनले देखाएको छ ।
यो स्ट्रेनलाई बी.१.१.७ भनिन्छ र यो सन् २०२० को अन्त्यतिर पहिचान गरिएको थियो । अमेरिकाका यो स्ट्रेन बढी पाइएको युनाइटेड स्टेट्स सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले जनाएको छ ।
अध्ययनका लागि बेलायतका असपतालमा भर्ना भएका ४९६ जना कोभिड–१९ रोगीहरूको समूहलाई छानिएको थियो । बी.१.१.७ भेरिएन्ट भएका रोगी र अन्य भेरिएन्ट भएका रोगीको तुलना गरिएको थियो ।
अनुसन्धाताहरूले यी भेरिएन्टहरूमा कडा रोग, मृत्यु वा अन्य परिणामको जोखिममा कुनै भिन्नता पाएनन् ।
‘हाम्रो आँकडा वास्तविक जीवनको अध्ययनको सन्दर्भ र सीमिततामा रही गरिएको हो । यसले बी.१.१.७ भएका र नभएका रोगीबीच रोगको कठोरतामा भिन्नता नदेखिएको देखाएको छ,’ अनुसन्धाताहरूले लेखेका छन् ।
द ल्यान्सेटमै प्रकाशित अर्को अध्ययनमा खोपहरू बेलायती भेरिएन्टविरुद्ध प्रभावकारी रहेको किनकि गैरबेलायती भेरिएन्टको तुलनामा पुनः संक्रमणको दरमा वृद्धि नदेखिएको बताइएको छ ।
प्रकाशित मितिः २०७७ चैत ३१ मंगलबार
Comments