काठमाडौँ । सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।
प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।
प्रधानमन्त्री ओलीलाई पहिलो पटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको हो । यही अवस्था रहने भने उनको सिंगापुर बसाई एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको विरुद्धमा बनेको एन्टिबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस विधि प्रयोग गरिन्छ ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments