काठमाडौं । म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले पाउल पोग्बालाई मैदानमा नेतृत्व गरेको हेर्न चाहेको बताएका छन् ।
कीर्तिमानी मुल्यमा युनाईटेडका आएका २७ बर्षिया मिडफिल्डर सेप्टेम्बरदेखि दुई खेलमा मात्र देखिएका छन् । उनी खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर रहेका छन् ।पोग्बोको भविष्यलाई लिएर विभिन्न आशंका सिर्जना भएको थियो । तर उनी युनाईटेडमै रहने सम्भावना प्रवल छ । कोरोनाका कारण उत्पन्न वित्तिय संकटका कारण खेलाडी सरुवा बजार प्रभावित हुने अनुमान गरिएको छ । ‘पोग्बा विश्वका एक उत्कृष्ट मिडफिल्डर हुन् ।’ सोल्सायरले भनेका छन् ।
‘उनी विश्वकप विजेता हुन् । र उनले मैदानमा नेतृत्व गरेको हेर्न चाहन्छु ।’ उनले थपेका छन् । पोग्बाले पछिल्लो पटक डिसेम्बर २६ मा खेलेका थिए । उनी ढाडको समस्याबाट मुक्त हुँदै मैदान देखिएका थिए । लगत्तै जनवरीमा पोग्बाको खुट्टाको सल्यक्रिया गरे ।
प्रिमियर लिगका अबरुद्ध सिजन सूरु हुँदै गर्दा युनाईटेडले पहिलो खेलमा टोटेनहमसंग शुक्रबार खेल्दैछ । कोरोना महामारीका कारण तीन महिना अबरुद्ध सिजन पुन सुरु भएको हो । अबरुद्ध सिजन सुरु हुदै गर्दा प्रशिक्षक सोल्सायरले मिडफिल्डर पोग्बाले खेलमा ठुलो प्रभाव छाडेको हेर्न चाहन्छन् ।
‘उनी फिट देखिएका छन् । उनी उपलब्ध छन् । उनको मानसिकता र ध्यान हेरिरहेको छु । उनी फेरी खेल्नका लागि तयार छन् ।’ सोल्यारले भने । ‘त्यो ४५ मिनेट होस वा ६० मिनेटनै होस । तर विस्तारै केही महिनामा उनले सबै भन्दा राम्रो तरिकाले काम गरेको हेर्न चाहन्छौ ।’ सोल्सायरले थपे ।
युनाईटेडले गत जनवरीमा अनुबन्धन गरिको ब्रुनो फर्नान्डेस र पोग्बाको जोडीलाई युनाईटेडमा खेलाउन चाहन्छ । स्कटल्याण्डका खेलाडी स्कट म्याक टोमिनेले यस सिजन युनाईटेडबाट राम्रो प्रभाव छाडेका छन् । फ्रेड र नामिन्जा माटिसले समेत प्रर्दशनमा सुधार गरेका छन् ।
‘उनीहरु मध्य सबै युनाईटेडबाट नियमित रुपमा खेल्न सक्षम छन् । त्यसैले मलाई सहि खेलाडी छनोट गर्नका लागि राम्रो चुनौती दिईएको छ ।’ सोल्सायरले भने ।
प्रिमियर लिगको पछिल्लो खेलमा युनाईटेडले म्यान्चेष्टर सिटीलाई हराएको थियो । तीन अंक बटुल्दै युनाईटेड शीर्ष चारमा उक्लिएको थियो र लिगमा अपराजित यात्रालाई ११ खेलसम्म पुर्याएको थियो । सोल्सायर सन् २०१८ को डिसेम्बरमा जोसे मौरिन्होलाई प्रतिस्थापन गर्दै युनाईटेडको प्रशिक्षकमा आएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ असार ५ शुक्रबार
Comments