काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम पुछारको टिम नर्विच सिटीसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा टोटनहमले नर्विचसँग २–२ गोलको बराबरी खेलेको हो ।
नर्विचका लागि मारियो भ्रानिकले एक गोल गरे भने एक गोल उपहार पाएको थियो । टोटनह्यामका लागि क्रिस्टियन इरिक्सन र ह्यारी केनले एक एक गोल गरे ।
खेलको १८ औं मिनेटमा मारियोले गोल गर्दै घरेलु टोली नर्विचलाई अग्रता दिलाएका थिए । ५५ औ मिनेटमा टोटनह्यामका इरिक्सनले गोल गर्दै खेल बराबरीमा ल्याए । ६१ औं मिनेटमा टोटनह्यामका सर्जो ओरिएरले आत्मघाति गोल गरेपछि नर्विचले पुनः खेलमा अग्रता बनाएको थियो ।
८३ औ मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई हारबाट जोगाएका थिए । खेलपछि टोटनह्यामका ३० अंक सहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । नर्विच १३ अंक सहित तालिकाको पुछारमा छ ।
प्रकाशित मितिः २०७६ पुस १३ आइतबार
Comments