काठमाडौं। नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरी खड्काले यसपटकको सागमा भारतको दबदबालाई तोड्नेमा विश्वस्त रहेको बताएका छन ।
सागमा साविक उपविजेता रहेको नेपाली महिला फुटबल टिमले साफ च्याम्पियनसिपमा पनि भारतसँग नै पराजित भएको थियो । तर यसपटक टिमले राम्रो तयारी गरेको र भारतसँगको यसअघि जहिलेपनि हार्दै आएको र त्यसमा यसपटक पुर्णविराम लगाएर स्वर्ण जित्ने प्रशिक्षक खड्काको भनाई छ । जसका लागि नेपाली टिम तयार रहेको बताए ।
उनले यसपटक टिमले अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्न नपाएपनि पोखरामा नै रहेका पूर्व खेलाडी क्लव र साहारा क्लवका खेलाडीसँग मैत्रीपुर्ण खेल खेलेका थिए । टिममा जुन सानो गल्तिले गोल खाने चलन नेपालमा थियो, त्यसलाई न्यूनिकरण गरेको प्रशिक्षक खड्काको छ ।
यस्तै कप्तान निरु थापाले पनि यसपटक टिमले राम्रो तयारी गरेको र टिमवर्क राम्रो गरेर नेपाललाई स्वर्ण जिताउने बताइन । नेपालले सागमा तीन पटक फाइनलमा पुगेर पनि फाइनलमा पराजित हुँदै आएको छ । यसपटक टिमका हरेक खेलाडीको मनमा भारतसँग बदला लिएर स्वर्ण जित्ने नै रहेको छ । सागका लागि महिला फुटबल टिमले कीर्गिस्तानमा प्रतियोगिता खेलेको थियो । सो प्रतियोगितामा अनुभवका लागि खेलेको भएपनि फाइनलमा पुगेको थियो । तर फाइनलमा टिम पराजित भएको थियो ।
त्यसपछि महिला फुटबल टिम पोखरामा प्रशिक्षण गरिरहेको छ । तर पोखरा मैदान निर्माणधिन रहेकाले खेलाडीले प्रतियोगिता खेल्ने मैदानमा भने खेल्न पाएका छैनन् । यसका साथै एन्फाले पनि टिमका लागि केहि अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएपनि सफल भएन ।
प्रकाशित मितिः२०७६ मंसिर १० मंगलबार
Comments