काठमाडौँ । थ्रिस्टार क्लवका कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारतोलन संघका उपाध्यक्ष, नेपाल टेड्सिनल ताईक्वान्दो फेडेरेशनका अध्यक्ष र नेपाल युथ ग्रुपका अध्यक्ष राम श्रेष्ठ बोस अमेरिका र ब्राजिलमा सम्मानित भएका छन् ।
श्रेष्ठ अमेरिकामा आयोजना भएको एक कार्यक्रममा ‘लिजेन्ट अफ द मार्टिअल आट्स हल अफ फेम अवार्ड’ले सम्मानित भएका हुन् । ग्लोबल कोरियन मार्टियल आट्स फेडरेशनको आयोजनामा अमेरिकाको न्यू जर्सीमा भएको अन्तर्राष्ट्रिय खेलुकद प्रतियोगिताको अवसरमा श्रेष्ठ ‘लिजेन्ट अफ द मार्टिअल आट्स हल अफ फेम अवार्ड’ अन्तर्गतको ‘स्पोट्स पर्सनालिट’ विधामा सम्मानित भएका हुन् ।
त्यस्तै, यही अक्टोवर २० मा इन्टरनेसनल कराते युनियनको आयोजनामा ब्राजिलमा समेत वर्ल्ड कराते च्याम्पियनसिपमा श्रेष्ठ सम्मानित भएका छन् । विभिन्न खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठ ‘एर्पिसेशन अवार्ड’द्वारा सम्मानित भएका हुन् ।
नेपालमा लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आएका श्रेष्ठ विभिन्न संघसंस्थामा आबद्ध भई खेलकुद क्षेत्रको विकासमा लागिरहेका छन् । थ्रिस्टार क्लव लगायत हरेक खेल प्रतियोगितामा उपाधि जिताउन समेत श्रेष्ठको महत्वपूर्ण योगदान रहँदै आएको छ । साथै नेपालको विभिन्न संघसंस्थादेखि सामाजिक कार्यक्रमा समेत उत्तिकै सक्रिय छन् ।
प्रकाशित मितिः २०७६ कार्तिक १३ बिहिबार
Comments