काठमाडौं । पछिल्ला केही महिनादेखि चर्चामा रहेको नेइमारको बार्सिलोना फिर्ती तत्कालका लागि अन्त्य भएको छ । यो समरमा उनले चाहेको बार्सिलोना पुनरागमन सम्भव भएन ।
दुई वर्षअघि बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन पिएसजी गएका हुन् । तर उनी यो सिजन जसरी पनि पुरानो क्लब बार्सिलोना फर्किन चाहन्थे । त्यसका लागि नेइमारले व्यक्तिगत रुपमा पुग्ने जति प्रयास गरेका हुन् ।
तर पिएसजीले कम रकममा उनलाई जान नदिने र बार्सिलोना ठूलो रकम तिर्न तयार नहुँदा नेइमार कम्तिमा आउँदो जनवरीसम्मका लागि पिएसजीका खेलाडी हुन् ।
स्पेनिस रेडियो एल चिरिङगुइतोका अनुसार पिएसजीमै रहनु पर्ने थाहा पाएपछि नेइमार रोएका थिए। पिएसजीले आफूलाई जान दिनका लागि पहल नगरेकोमा नेइमार निराश र आक्रोशित भएको बताइएको छ ।
नेइमार अति नै निराश भएको र उनलाई यस्तो निराश कहिले पनि नदेखेको उनका निकटष्थतले बताएका छन् । नेइमार सन् २०२० मा बार्सिलोना फर्किने विश्वास गरिन्छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १९ बिहिबार
Comments