काठमाडौं । बार्सिलोनाका कप्तान लिओनेल मेसीले करिअरको छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्येका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेसीले लगातार तेस्रो सिजन हात पारेका हुन् ।
मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका हुन् । दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेले ३३ गोल गरे ।
गत सिजन मेस्सीले ३४ गोल गर्दै लगातार दोस्रो सिजन गोल्डेन बुट अवार्ड जितेका थिए । त्यसअघि मेस्सीले सन् २००९–१० मा ३४ गोल गर्दै, २०११–१२ मा ५० गोल गर्दै, २०१२–१३ मा ४६ गोल गर्दै र २०१६–१७ मा ३७ गोल गर्दै गोल्डेन बुट जितेका थिए । एजेन्सी
प्रकाशित मिति ः २०७६ जेठ ११ शनिवार
Comments