काठमाडौँ । लण्डन क्लब चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सर्रीले स्टार इडेन हजार्डले लिने निर्णयको आफुले सम्मान गर्ने बताएका छन् । स्पेनिस महारथी रियल मड्रिडसंग बलियोसंग जोडिएका हजार्डको भविष्यलाई लिएर मुख्य प्रशिक्षक सर्रीले अनिश्चितता व्यक्त गरेका हुन् ।
चेल्सीसंग हजार्डको सम्झौता सन् २०२० मा सकिदैछ । उनले लगातार रुपमा आफु रियल मड्रिड जाने इच्छा रहेको बताउँदै आएका छन् । रियलको मुख्य प्रशिक्षकमा जिनेदिन जिदानको नियुक्तिले सरुवा बजारमा क्लबले ठुलो रकम खर्च गर्दैछ ।
चेल्सीका पुर्व गोलरक्षक थिवाउट कार्टियसले समेत बेल्जियमका सहकर्मी हजार्ड रियलमा जोडिएको हेर्न चाहेको बताउने गरेका छन् । युईएफले चेल्सीलाई अगाडीका दुई सरुवा बजारमा खेलाडी खरिदमा प्रतिबन्ध लगाएको छ । सोही कारण उसले हजार्डको बिकल्पमा क्लबमा अर्को खेलाडी ल्याउन सक्ने छैन । चेल्सीले गरेको अपिलको सुनुवाई अर्को महिना हुदैछ ।
प्रशिक्षक सर्रीले गत डिसेम्बरमा हजार्डले निर्णय गर्ने समय आएको बताएका थिए । मलाई थाहा छैन । दुई सम्भावना छन् । कि तिमी हजार्ड वा क्लबसंग सोध्न सक्छौ ।ु शुक्रबार आयोजित पत्रकार सम्मलेनमा सर्रीले भने । ुहामीले समस्या समाधान गर्न सकेको छैनौ । बजार बन्द भएको छ, सोही कारण यो महत्वपुर्ण छैन । म उनको निर्णयको सम्मान गर्नेछु । तर हामीलाई अवस्थाको बिषयमा थाहा छैन, उनले निर्णय गरेका छन् कि छैनन् भनेर ।ु उनले थपे ।
हजार्डले भर्खरै युरो छनोटमा बेल्जियमबाट सय अन्तराष्ट्रिय खेल पुरा गरेका छन् । प्रिमियर लिगको पछिल्लो खेलमा चेल्सीले एभर्टनसंग २–० ले खेल गुमाएको थियो । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत १६ शनिबार
Comments