काठमाडौं । काराबाओ कप फुटबलमा म्यानचेष्टर सिटी सेमिफाइनल प्रवेश गरेको छ । सिटीले लेष्टर सिटीलाई उसैको घरेलु मैदानमा पेनाल्टीमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
मंगलबार रातिको क्वाटरफाइनलमा सिटीले लेष्टरलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टीमा गोलकिपर अरिजानेट मुरीकको उच्च प्रदर्शनका कारण सिटीले जित निकाल्यो । त्यसअघिको १–१ को बराबरी खेलमा सिटीका लागि केभिन डी ब्रुएनले गोल गरेका थिए भने लेष्टरका लागि मार्क अल्ब्राईटनले गोल गरेका थिए।
केभिनले १४ औं मिनेटमा र मार्कले ७३ औं मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरी भएको थियो । यस्तै गए रातिकै अर्को बुर्टोन अल्बोइनले मिडल्सब्रोलाई १–० ले हराएर सेमिफाइनलको यात्रा तय गरेको छ ।
प्रकाशित मितिः २०७५ पुष ४ बुधबार
Comments