काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई हराउको छ । गए राति भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनले हराएको हो ।
आबुधावीस्थित शेख जायद स्टेडियममा अफगानिस्तानले दिएको २५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेश ४२ ओभर १ बलमा अलआउट हुँदै ११९ रनमा समेटियो ।
अफगानी बलर चम्किएपछि बंगलादेशी खेलाडीले उच्च प्रदर्शन गर्न सकेनन् । बंगलादेशका शाकिब अल हसनले ३२ रन जोड्दा ममुदउल्लाहले २७ रन जोडे । मोसाडेक हुसेनले अविजित २६ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान,गुलाबदीन नाइब र राशिद खानले समान २र२ विकेट लिए ।
टस जिति पहिला ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेटको नोक्सानीमा २५५ रन बनाएको थियो । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङस खेले ।
यस्तै वर्थ डे वोई राशिद खानले ५७ रनको योगदान दिए । २० बर्ष पुगेका राशिदले मात्र ३२ बलमा ५७ रन बनाएका हुन् । यस्तै गुलाबदिन नाइबले अविजित ४२ रन जोडे । बंगलादेशका लागि शाकिब अल हसनले ४, अबु हैदरले २ तथा रुबेल होसेनले १ विकेट हात पारेका थिए ।
जितसंगै अफगानिस्तान समूह ुबिु को विजेता बन्दै सुपर चारमा प्रवेश गरेको छ । अब अफगानिस्तानले सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग खेल्नेछ । यस्तै बंगलादेशले भारतसँग खेल्नेछ । सुपर लिगमा प्रवेश गरेका चार टोलीले फेरि एक अर्कासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मितिः २०७५ असोज ५ शुक्रबार
Comments