काठमाडौं । इंगलिस प्रिमियर लिग अन्तर्गत आज ६ खेल हुँदै छन् । आज सिजनअन्तर्गत तेस्रो खेलहरु हुने छन् । आज सिजनको सफल सुरुवात गरेका म्यान्चेष्टर सिटीले लिग चरणको तेस्रो खेलमा उल्भ्ससंग प्रतिस्पर्धा गर्दै छ ।
सुरुवाती दुई खेलमा जित निकालेको म्यान सिटी सिजनको तेस्रो जितको खोजिमा छ । खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे उल्भ्सको घरेलु मैदानमा हुनेछ ।
सिजनको सुरुवाती दुवै खेलमा हारेको आर्सनलले वेष्ट ह्यामविरुद्धको खेलमा जित निकाल्दै लिगमा पुनरागमन गर्न चाहन्छ । आर्सनलको घरेलु मैदानमा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ ।
आजै राति हुने अन्य खेलमा वर्नेमाउथले एर्भटनसंग, हुडर्सफिल्डले कार्डिफ सिटीसंग, साउथह्याम्टनले लेस्टर सिटी र लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रिङटोनसंग प्रतिस्पर्धा गर्नेछन् । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ ९ शनिवार
Comments