२० बैशाख । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि लिभरपुल र रियल मड्रिड भिड्ने भएका छन् । गएराति भएको सेमीफाइनलको दोस्रो लेगमा रोमासँग ४–२ ले पराजित भए पनि समग्रमा ७–६ को अग्रता बनाउँदै लिभरपुलले रियल मड्रिडसँगको उपाधि भिड्ने पक्का भएको हो । पहिलो लिग चरणमा लिभरपुलले ५–२ गोलले रोमालाई पराजित गरेको थियो ।
दोस्रो लेगमा रोमाका लागि राज्दा नाइगोनालले दुई तथा इडेन जेकोले एक गोल गरे भने लिभरपुलका मिल्नरले आत्मघाती गोल गरे । त्यस्तै लिभरपुलका लागि साडियो माने र विजआल्डमले एक एक गोल गरे ।
जारी च्याम्पियन्स लिगमा लिभरपुलको यो पहिलो हार भएता पनि यसले उसको उपाधि यात्रामा कुनै फरक परेन । लिभरपुल सन २००७ पछि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो ।
उपाधिका लागि लिभरपुलले च्याम्पियन्स लिगको १२ पटकको विजेता रियल मड्रिडको सामना गर्नेछ । फाइनल खेल मे २६ तारिखमा हुनेछ ।
रोमासँग हार्दा पनि लिभरपुल पुग्यो फाइनलमा
0
Share.
Comments