एजेन्सी, ५ असोज । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड रियल बेटिससँग पराजित भएको छ । यो सिजन खराब प्रदर्शन गरिरहेको च्याम्पियन रियल मड्रिडलाई बेटिसले १–० ले पराजित गरेको हो ।
घरेलु मैदान बर्नाबेउमा भएको खेलमा अन्तिम समयसम्म गोलरहित बराबरी भएको खेलमा इन्जुरी समयको चौथो मिनेट अर्थात ९४ औं मिनेटमा एन्टोनियो सानाब्रियाले गोल गरे ।
रियलको पाँच खेलबाट मात्रै ८ अंक भएको छ । रियल मड्रिडको १५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
लिग अन्तर्गत राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले हराएको एथ्लेटिको मड्रिड पाँच खेलबाट ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । अर्को खेलमा लास पालमसलाई १–० ले हराएको सेभिल्ला पाँच खेलबाट १३ अंकसहित दोस्रो स्थानमा कायम छ । यस्तै डिप्रोटिभो डि लाकोरुनाले एलाभेसलाई १–० ले हरायो भने लेगानेस र गिरोनाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
रियल मड्रिड रियल बेटिससँग पराजित
0
Share.
Comments